ताप्लेजुङ / ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका भित्र घर निर्माण गर्दा नक्सा पास अनिवार्य बनाइएको छ । घर संरचना निर्माण गर्दा अनिवार्य नक्सा पास गर्नुपर्ने भएको हो ।
यो गाउँपालिका जिल्लाकै बिकट तथा दुर्गम क्षेत्रमा रहेको गाउँपालिका समेत हो । तर पनि घर तथा टहरा निर्माण गर्दा भने नक्सा पास अनिवार्य गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, घर निर्माण तथा सडकसम्बन्धी व्यवस्थाको आधारमा नक्सा पास कार्यविधि २०८० जारी गर्दै गाउँपालिकाभित्र घर संरचना निर्माण गर्दा अनिवार्य नक्सा पास गर्नुपर्ने जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेले सार्वजनिक सूचना नै जारी भइसकेको जानकारी दिए । उनले नक्सा पास नगराई घर संरचना निर्माण गरेमा कारबाही हुने पनि सूचना मार्फत नै जानकारी दिइएको बताए ।
Discussion about this post