इलाम : महेन्द्र रत्न बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन स्ववियु ले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध पत्र बुझाएको छ । स्ववियु सभापति दर्शन राईसहितको टोलीले ओलीलाई भेटेर अनुरोध पत्र बुझाएको हो ।
तीन बुँदे अनुरोध पत्र बुझाइएको सभापति राईले बताए । अनुरोध पत्र बुझ्दै पूर्व प्रधानमन्त्री ओलीले विद्यार्थीले राखेका माग पूरा गर्न पहल गर्ने बताएका छन् ।
क्याम्पसमा सञ्चालित बागवानी सङ्काय प्रवेश परीक्षा जटिल र केन्द्रीकृत प्रकृतिको भएकाले बर्सेनि विद्यार्थीको सङ्ख्या तीव्र रूपमा घट्दो रहेको भन्दै यो परीक्षाको प्रकृति सहज र विकेन्द्रित गरी क्याम्पसमै प्रवेश परीक्षा दिने व्यवस्थाको पहल गर्न आग्रह गरिएको छ ।
त्यस्तै क्याम्पसमा माग गरिएका नयाँ विषय कानुन र विज्ञान विषयको स्नातक तहको पहल गरी विज्ञान विषयका लागि सुविधा सम्पन्न प्रयोगशाला निर्माण गरिदिन पनि स्ववियुले अनुरोध गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा तालिका, वार्षिक भर्ना तालिका र शैक्षिक क्रियाकलापका अन्य तालिका एकदमै अव्यवस्थित हुने भएकाले यसलाई व्यवस्थित गर्न आवश्यक कार्य गरिदिन पनि स्ववियुले पूर्व प्रधानमन्त्री ओलीसँग पहलका लागि अनुरोध गरिएको बताइएको छ ।
Discussion about this post