Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

मोरङ कारागारका चौकीदार कैदी अभिषेक गिरीलाई मकवानपुर कारागार सरुवाको बाटो खुलेको छ । उच्च अदालत विराटनगरमा गिरीले दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश नदिएपछि सरुवा गर्ने बाटो खुलेको हो ।
आफ्नो स्थानान्तरणको निर्णय बदरको अन्तरिम आदेश माग गर्दै कैदी गिरीले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । न्यायाधीश रामबहादुर थापा र मिलनकुमार राईको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अन्तरिम आदेश नभएपछि गिरीलाई मकवानपुर कारागार कार्यालय भीमफेदी लैजाने बाटो खुलेको छ ।
उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले गिरीले दायर गरेको रिटमा उच्च अदालतले अन्तरिम आदेश नदिएको जानकारी दिए । गिरीले सरुवा रोक्नका लागि अन्तरिम आदेशको माग गर्दै ३ माघमा रिट दायर गरेका थिए ।
विराटनगर कारागारमा रहेर बजारमा चन्दा आतंक मच्चाएको गुनासो आएपछि गिरीलाई कारागार व्यवस्था विभागले गत पुस २९ गते सरुवा गर्ने निर्णय भएको थियो । आफ्नो सरुवाको निर्णयका बारेमा अगाडि नै जानकारी पाएका चौकीदार गिरी कारागार भित्र बसेका छन् । उनका पक्षका कैदीबन्दीले सरुवाको विरोधमा प्रदर्शन गरिरहेका छन् ।
गिरी २०७४ चैत २३ गते भन्दा अगाडि मोरङ कारागारमा चौकीदार थिए । कैदीबन्दीलाई यातना र बजारमा चन्दा आतंक मच्चाएको गुनासो आएपछि उनलाई २०७४ चैत २३ गते डिल्लीबजार कारागार लगिएको थियो ।
तर नेपाली कांग्रेस नेता बालकृष्ण खाड गृहमन्त्री भएपछि उनी २०७८ मंसिर ९ गते दोस्रो पटक मोरङ कारागार आएर चौकीदार बनेका थिए । गृहमन्त्री रवि लामिछाने नियुक्त भएलगतै उनको मोरङबाट स्थानान्तरण भएको थियो । गिरीको कैद भुक्तान अवधि भने फागुन ३ गते सकिँदैछ ।
Discussion about this post