Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

जिल्ला यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख बाबुराम लुइँटेललाई नेकपा (बहुमत) का कार्यकर्ताले कालोमोसो दलेका छन् ।
घूस लिएको आरोपमा उनलाई नेकपा (बहुमत) का कार्यकर्ताले बुधबार कार्यकक्षमै कालोमोसो दलेका हुन् ।
तर, घटनाबारे कार्यालय प्रमुख लुइँटेलले आफू कार्यकक्ष बाहिर रहेको बेला दुर्व्यवहार गरिएको उल्लेख गरेका छन् । साथै उनले उक्त आरोपको खण्डन समेत गरेका छन् ।
यता पार्टीले भने घूस लिएको आरोप लगाउदै विज्ञप्ति नै जारी गरेको छ । विज्ञप्तिमा लुइँटेलले कार्यालयका कर्मचारी र विचौलिया प्रयोग गर्दै सवारी चालक अनुमति पत्र उपलब्ध गराउँदा १० देखि १८ हजार रुपैयाँ अतिरिक्त रकम लिएकोले चेतावनीका लागि सांकेतिक कारबाही गरिएको जनाएको छ ।
Discussion about this post