Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

धरानमा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधीका लगि वडा नं. १५ र १७ भिड्ने भएका छन् ।
बिहीबार (आज) धरान रंगशालामा भएको खेलमा वडा नं. १६ लाई ३–० गोल अन्तरले पराजित गर्दै १७ नं. वडा फाइनलमा प्रवेश गरेको छ । यसअघि वडा नं. ५ लाई पराजित गर्दै १५ नं. वडा फाइनलमा प्रवेश गरिसकेको छ ।
आज भएको खेलमा वडा नं. १७ का लागि मिलन राईले २ गोल गरे भने सुशील राईले १ गोल गरे । प्रतिष्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा १७ नं. वडाले ३ गोल गरेको थियो ।
दोस्रो हाफको ७ मिनेटमा नै १७ नं. वडाले पेनाल्टी मार्फत अग्रता लिएको थियो । १७ नं. वडाका मिलन राईलाई डिबक्सभित्र फल्ड गरेपछि पाएको पेनाल्टीमा मिलन राईले गोल गरे ।
दोस्रो हाफको १७ मिनेटमा सुशील राईले अग्रता दोब्बर बनाए भने २७ औं मिनेटमा मिलन राईले उत्कृष्ट गोल गरे ।
खेलको म्यान अफ द म्याच १७ नं. वडाका सुशील राई घोषित भए । उनलाई नगद दुई हजार पाँच सय र ट्रफी पुरस्कार प्रदान गरियो । शनिबार धरान रंगशालामा वडा नं. १५ र १७ बीच फाइनल खेल हुनेछ ।
१७ नं. वडाले गोधुलीको उपाधी तीन पटक उचालेको छ भने १५ नं. वडाले एक पटक उपाधी उचालेको छ । पुष ३० गतेदेखि माघ १४ गतेसम्म धरान रंगशालामा हुने प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको थियो ।
प्रतियोगिताको बिजेताले नगद एक लाख ५० हजार र उपबिजेताले नगद ७५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
Discussion about this post