Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

ला लिगामा बार्सिलोनाले महत्त्वपूर्ण जित निकालेको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाले गिरोनालाई शनिबार राति १-० ले पराजित गरेको हो । एकमात्र विजयी गोल मिड फिल्डर पेड्रीले गरेका थिए ।
यस जितपछि लिग लिडर बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ६ अंकको अग्रता बनाएको छ ।
बार्सिलोनाको लागि आफ्नो एक सयौं खेल पूरा गरेका पेड्रीले ६१ औं मिनेटमा गोल गरेका थिए । ओसमान डेम्बेले घाइते भएपछि पहिलो हाफमै पेड्री वैकल्पिक खेलाडीको रुपनमा मैदान प्रवेश गरेमा थिए ।
उनैले दोस्रो हाफमा निर्णायक गोल गर्दै टिमलाई तीन अंक दिलाए । बार्सिलनेनाको १८ खेलबाट ४७ अंक छ । एक खेल कम खेलको रियलको ४१ अंक छ ।
Discussion about this post