Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन्
संखुवासभाको भोटखोला गाउँपालिका ५ लुङसुङ बस्ने ७३ वर्षीय गोठे राईको हत्या गरेको अभियोगमा उनकै छोरा २८ वर्षीय प्रेमकुमार राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
घरायसी सामान्य वादविवादमा प्रेमकुमारले लाठी प्रहार गरेर कुटपिट गर्दा गम्भीर घाइते भएका गोठेको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा शनिबार बिहान बाटोमै मृत्यु भएको थियो ।
अनुसन्धानका क्रममा छोराले नै हत्या गरेको देखिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रहरी चौकी स्याक्सिलागोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post