Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

सन् २०२४ मा अमेरिकामा हुने दक्षिण अमेरिकी महादेशको कोपा अमेरिका कपमा अब १६ टोलीको सहभागिता रहने भएको छ ।
कोपा अमेरिका कपमा दक्षिण अमेरिकाकाबाट १० उत्तर र मध्य अमेरिकी क्षेत्रबाट ६ टोली गरी कुल १६ टोली रहने आयोजक दक्षिण अमेरिकी फुटबल महासंघ (कन्वेवल) ले जनाएको छ ।
इक्वेडरले कोपा अमेरिका आयोजना गर्ने भएपनि त्यहाँको सरकारले आयोजना गर्न नसक्ने जनाएपछि कन्वेललले अमेरिकालाई प्रतियोगिता आयोजना गर्न अनुमति दिएको हो ।
कोपा अमेरिका दोस्रोपटक दक्षिण अमेरिका बाहिर हुन लागेको हो । यसअघि कोपा अमेरिकाको १ सय वर्ष पूरा भएको अवसरमा सन् २०१६ मा पनि यो प्रतियोगिता अमेरिकामै आयोजना भएको थियो । पछिल्लो पटक सन् २०२१ मा ब्राजिलमा भएको कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको थियो।
२०२४ को कोपा अमेरिकासँगै महिला फुटबल र क्लब प्रतियोगिता आयोजनाका लागि कन्मेवल र उत्तर तथा मध्य अमेरिकी फुटबल संघ कोन्काकाफबीच विभिन्न सहमति समेत भएको छ । जस अनुसार अब हुने कोपा अमेरिकामा टिम संख्या बढाएर १६ पुर्याइने छ । जसमा दक्षिण अमेरिकी १० टिम स्वत छानिनेछन् भने ६ टिम कोन्काकफबाट हुनेछ ।
टिमको टुंगो २०२३–२४ को कोनकाकाफ नेसन्स लिगबाट लाग्नेछ । आयोजक भएपनि अमेरिकाले पनि छनोट खेल्नुपर्नेछ । अमेरिकाले आगामी २०२६ मा मेक्सिकोसँग मिलेर विश्वकप फुटबल आयोजना गर्दैछ ।
Discussion about this post