Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् ।
उनीसँगै उनका समर्थक पनि जिल्ला प्रशासन कार्यालय पुगेका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भीड छ ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो ।
यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका छन् ।
त्यसैले रवि अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् ।
Discussion about this post