इलाम / मेची राजमार्गको ताप्लेजुङस्थित सदरमुकाम फुङ्लिङ बजार सुकेटार खण्डमा स्तर वृद्धि गरिने भएको छ । जसका लागि सडक सर्वेक्षण गर्न सुरु भएको छ ।
निकै साँघुरो रहेको सडकको चौडा १५ मिटर कायम हुने गरी राजमार्ग स्तर वृद्धि गर्न सर्वेक्षण सुरु गरिएको जनाइएको छ ।
मेची राजमार्गअन्तर्गत सदरमुकाम फुङ्लिङ बजार सुकेटार खण्डमा स्तर वृद्धि गर्न सडकको सर्वेक्षण (नापजाँच) गरिएको छ ।
सडक डिभिजन इलामले राजमार्ग स्तर वृद्धि गर्ने योजनास्वरुप फुङ्लिङ–सुकेटार खण्डको सडक सर्वेक्षण गरेको हो ।
सडक डिभिजन इलामका सर्वेक्षक दीपक आचार्यका अनुसार फुङ्लिङ बजारको हेलिप्याडदेखि सुकेटारसम्म करिब १० किलोमिटर सडक सर्वेक्षण गरिएको छ ।
हेलिप्याड बजार प्रवेशद्वारदेखि सर्वेक्षणको काम सुरु भएको छ । सर्वेक्षणको काम सम्पन्न भएपछि प्रतिवेदन तयार पार्ने र सडक डिभिजनलाई बुझाउने उनले बताए ।
राजमार्ग स्तर वृद्धि गर्ने तत्कालका लागि बजेट नभए पनि सडक डिभिजनले योजना बनाएको जनाइएको छ ।
सडक डिभिजनको योजनाअनुसार सर्वेक्षणको काम भएको र सर्वेक्षणको अन्तिम प्रतिवेदन तयार भएपछि राजमार्ग स्तर वृद्धि योजना तथा बजेटका लागि प्रक्रिया अघि बढ्ने जनाइएको छ ।
Discussion about this post