इटहरी । सिरहाको मिर्चैयाबाट ओभरलोड (क्षमता भन्दा बढी) गरेर ल्याउँदै गरेको चार ओटा मालवाहक ट्रक सुनसरीमा पक्राउ गरेका छन् । शुक्रबार बिहान गोप्य सुचनाका आधारमा कोशी ट्रक संघ इटहरीले सुनसरीको बराहक्षेत्र वडा नम्बर ५ स्थित सर्दु खोला नजिकबाट पक्राउ गरिएको हो । १४ चक्के ट्रकले २५ टन बोक्नु पर्नेमा कोशी कटानको धर्मकाँटा छलि गरी ४० टन लोड लिएर अन्य सडक प्रयोग गरेका थिए ।
मिर्चैयाबाट सिमेन्ट तथा किलिङ्कर लिएर विर्तामोडका लागि छुटेका ति ट्रक कोशी कटानको धर्मकाँटा छल्ने गरी पत्लैयाबाट चतराको सडक हुदैं कान्छीचौक निस्किन लागेका थिए । उनीहरुलाई कोशी ट्रक संघ इटहरीले शुक्रबार बिहान ४ बजे पक्राउ गरिएको संघ संयोजक तथा धर्मकाँटा इन्चार्ज गणेश श्रेष्ठले जानकारी दिए ।
नेपालको नियम अनुसार १४ चक्के मालबाहक सवारी साधन ट्रकले २५ टन बोक्नु पर्ने हो तर तिन ओटाले ४०÷४० टन र अर्काे एउटाले ४३ टन सहित जम्मा ६३ टन बढी लोड गरेको इन्चार्ज श्रेष्ठले बताए ।
पटकपटक राधेराधे कम्पनीले यस्तो कार्य गरेका कारण बाध्य भएर पक्राउ गरेका हौं, संयोजक श्रेष्ठले भने ‘अब ट्राफिक प्रहरी र यातायात व्यबस्था कार्यालयलाई आधिकारिक जानकारी गराउँछौ ।’
यता प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले कार्यालयलाई आधिकारिक पत्र आइनसकेको बताएको छ ।
कार्यालयका प्रहरी उपरिक्षक श्याम कुमार महत्तोले टेलिफोनमा सामान्य जानकारी गराएको तर कारबाहीका लागि आधिकारिक पत्र आईनसकेको प्रहरी उपरिक्षक महत्तोको भनाई छ । यदि पत्र आएको खण्डमा नियम अनुसार कारबाहीका लागि यातायात ब्यबस्था कार्यालयमा जानकारी गराइने बताए ।
Discussion about this post