ताप्लेजुङ / ट्र्याक्टर चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–८ दोखुका २१ वर्षीय प्रकाश मगरलाई ट्र्याक्टर चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
मेरिङ्देन गाउँपालिका–३ खाम्लुङ दोभानका जयप्रसाद भट्टराईको मे १ त ७१७१ नम्बरको ट्र्याक्टर गएको शनिवार चोरी भएको थियो ।
चोरी भएको उक्त ट्र्याक्टर खोजतलास गर्ने क्रममा एक दिनपछि आइतबार दिउँसो फुङ्लिङ नगरपालिका–१० भदौरेमा प्रहरीले फेला परेको थियो ।
भट्टराईको हराएको ट्र्याक्टर फेला परेपछि ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिन खोज्दा मगर भागेर फरार भएका थिए । प्रहरी टोली उक्त दिन ट्र्याक्टर मात्र नियन्त्रणमा लिन सफल बनेको थियो ।
त्यस बेला फरार भएका मगरलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले जानकारी दिए ।
Discussion about this post