इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले ध्वनी प्रदुषण भएको भन्दै ठुलो आवाजमा कुनै पनि साउन्ड सिस्टम तथा बाजा नबजाउन आग्रह गरेको छ । जनसरोकारले पटकपटक यस सम्बन्धि विषय उठान गरेपछि प्रशासनले सबैलाई ध्वनी प्रदुषण नियन्त्रण गर्न आग्रह गरेको हो ।
कार्यालयले आज (शुक्रबार) एक सुचना जारी गर्दै धार्मिक मेला, विवाह उत्सव तथा चाडपर्वमा बजाइने साउन्ड कारण छरछिमेकी, जीवनयापन,अध्ययन तथा अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै ध्वनी प्रदुषण रोक्न अनुरोध गरेको हो । पत्रमा भनिएको छ ।
“जिल्ला भित्र धार्मिक तथा सांस्कृतिक रुपमा मनाइने एवं सञ्चालन गरिने विवाह, मेला, महोत्सव, जात्रा सप्ताह पुराण लगायतका कार्यक्रमहरुबाट ध्वनी प्रदूषण हुन गई दैनिक जीवनयापन, अध्ययन, अध्यापन, अस्पतालको सेवा प्रवाह लगायतमा असर परेको जनगुनासोहरु प्राप्त हुन आएकाले यस्ता खालका गतिबिधि गर्दा ध्वनी प्रदूषण नहुने गरी सञ्चालन गर्न हुन अनुरोध गरिन्छ ।”
Discussion about this post