इटहरी । २३ औं संस्करणको बुढासुब्बा गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको छ । आज (शुक्रबार) धरान १६ स्थित रंगशालामा पत्रकार सम्मेलन गर्दै एक साता सम्म चल्ने प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिइएको हो ।
आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले उद्घाटन समारोहमा ब्रिटिश गोर्खा ब्रिगेड ब्याण्डको ९० जनाको टोलीले बिशेष प्रस्तुती दिएर भव्यता प्रदान गर्ने पनि बताए । प्रतियोगिताको उद्घाटन खेल आयोजक धरान र युके एफसि भारतबीच हुने छ । प्रतियोगितामा आयोजक धरान, युकेएफसि भारत, केबिपिएस वंगलादेश, एभेनियर एफसि क्यामरुन, नेपाल पुलिस क्लब काठमाण्डौं, बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा र एन्फा मोरङ गरि कुल ८ टिमको सहभागीता रहेको छ ।
खेल हेर्न ६५ बर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरु र अपांग बालबाालिकाहरु आए निःशुल्क प्रवेश गर्न दिइने भएको छ । फागुन २० गते हुने प्रतियोगिताको फाइनल विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउनेछ । उत्कृष्ट खेलाडीले नगद १ लाख पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार पाउनेछन भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार दिइनेछ भने प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइने अध्यक्ष राईले जानकारी दिए ।
यसपाली पहिलो पटक कोड आइटीसँग सहकार्य गरेर प्रतियोगिताको एप्स बनाएर अनलाइन टिकट काट्न सकिने र खेलहरुको सबै जानकारी दिइने पनि आयोजक क्लबले जनाएको छ । २०५५ साल देखि निरन्तर हुदैं आएको गोल्डकप आर्थि समस्याका कारण गत २ वर्ष सम्म हुन सकेको थिएन । क्लबका अध्यक्ष राईले आगामी वर्षहरुमा प्रतियोगितालाई दह्रो बनाई राख्न र खेल क्षेत्रमा बुढासुब्बा गोल्डकपलाई जिवन्त राख्न विशेष पहल गर्ने समेत बताए ।
Discussion about this post