पाँचथर / सदरमुकाम फिदिममा ‘क्लोथ बैङ्क’ स्थापना भएको छ ।
हुनेले दिने नहुनेले लिने भन्ने अभियानका साथ पाँचथरको फिदिम नगरपालिकाको सहयोगमा क्लोथ बैङ्क स्थापना गरिएको हो ।
फिदिम नगरपालिकाको सहयोगमा हेल्प टुगेदर फाउण्डेशनको सहकार्यमा फिदिमको अस्पताल चोकमा ‘क्लोथ बैङ्क’ स्थापना भएको हो ।
बैङ्कको स्थापनापछि गरिब र विपन्नलाई राहत मिल्ने विश्वास लिइएको छ ।
क्लोथ बैङ्कबाट आवश्यक पर्ने व्यक्तिले निःशुल्क रूपमा कपडा लैजान सक्नेछन् ।
दिन चाहनेले जस्तोसुकै कपडा पनि क्लोथ बैङ्कलाई उपलब्ध गराउन सक्ने जनाइएको छ।
Discussion about this post