विराटनगर : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आमरण अनशन तोडेका छन् ।
कार्कीले उठाएका मग पूरा गर्न कोशी प्रदेश सरकार तयार भएपछि विराटनगर ६ निवासी निर्मला शर्माका ४२ दिनका शिशुको हातबाट जुस खाएर कार्कीले अनशन तोडेका हुन् ।
सरकारको सन्देश दिन आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर र आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी वार्तास्थलमा आएका थिए । मन्त्री अधिकारीले भने, कार्कीले उठाएका माग पूरा गर्न सरकार सकारात्मक छ ।
पूर्व मुख्यमन्त्री कार्कीले सरकार आफ्ना माग पूरा गर्न सहमति भएकोले अनशन तोडेको बताए ।
आफ्नो कार्यकालमा सुरु गरेका जनप्रिय कार्यक्रमहरू वर्तमान सरकारले कटौती भएको भन्दै कार्कीले मंगलबारबाट कोशी प्रदेशसभा नजिकै देवकोटा चोकमा आमरण अनशन सुरु गरेका थिए ।
प्रदेश सरकार र कार्कीपक्षका प्रतिनिधिबीच बुधबार साँझ विराटनगरमा वार्ता भएपछि माग पूरा गर्ने विषयमा सहमति जुटेको हो।
वार्तामा सहभागी नेपाली कांग्रेस विराटनगर महानगर कमिटीका सभापति दीपक चापागाईले कार्कीले उठाएका माग सम्वोधन गर्न कोसी प्रदेश सरकार सहमत भएको जानकारी दिए ।
वार्ताको नेतृत्व मुख्यमन्त्री हिक्मत कार्कीले गरेको र उठेका माग सम्वोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाएका थिए ।
पूर्व मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई दिने छात्रवृत्ति हटाएको, महिला स्वयं सेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्बासीलाई जग्गा खरिद गर्दा दिने बैंक ब्याज अनुदान सम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको आदि विषयमा विरोध जनाउँदै कार्कीले आमरण अनशन बस्न बाध्य भएको बताएका थिए ।
बुधबार नेपाली कांग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतका नेताहरूको पहलमा कार्कीले अनशन तोडेको बताइएको छ ।
यो पनि – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको आमरण अनशन जारी
यो पनि – कोशीका पूर्व मुख्यमन्त्री केदार कार्की अनशनस्थलबाटै पक्राउ, दोहोरो झडपले स्थिति तनावग्रस्त
यो पनि – पूर्व मुख्यमन्त्री केदार कार्कीको अनशन हस्तक्षेप गर्ने प्रशासनको तयारी
यो पनि – पूर्व मुख्यमन्त्री केदार कार्कीले निषेधित क्षेत्रमै सुरु गरे अनशन
यो पनि – पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशन रोक्न विराटनगरका विभिन्न स्थानमा निषेधाज्ञा
यो पनि – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की आजदेखि अनशन बस्दै
Discussion about this post