विराटनगर : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले मंगलबारदेखि सुरु गरेको अनशनस्थलमा स्थानीय प्रशासनले हस्तक्षेप गरेको छ ।
हस्तक्षेपका क्रममा सुरक्षाकर्मी र कार्कीका समर्थकबीच दोहोरो झडप भएको छ । निषेधित क्षेत्रमा आमरण अनशन बसेका कार्की र उनका समर्थकलाई हट्नका लागि स्थानीय प्रशासनले आग्रह गरेको थियो ।
माइकिङ गर्दा पनि नहटिकन अनशनलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको हो । अहिले दुई पक्षबीच दोहोरो झडप भइरहेको जनाइएको छ ।
कार्की समर्थकले सुरक्षाकर्मीलाई ढुंगामुढा गरिरहेको छन् भने सुरक्षाकर्मीले लाट्ठी चार्ज गरिरहेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
झडपमा परेर केही अनशन बसेकाहरू र सुरक्षाकर्मी घाइते भएका छन् । सो क्रममा कार्की समर्थक एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यो पनि – पूर्व मुख्यमन्त्री केदार कार्कीको अनशन हस्तक्षेप गर्ने प्रशासनको तयारी
यो पनि – पूर्व मुख्यमन्त्री केदार कार्कीले निषेधित क्षेत्रमै सुरु गरे अनशन
यो पनि – पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशन रोक्न विराटनगरका विभिन्न स्थानमा निषेधाज्ञा
यो पनि – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की आजदेखि अनशन बस्दै
Discussion about this post