निकोलस भुसाललाई हाजिर जमानीमा रिहा गर्न अदालतको आदेश

सोमबार, २४ कार्तिक २०८२

काठमाडौं : सर्वोच्च अदालतले सामाजिक सञ्जालमा अभद्र अभिव्यक्ति दिने आरोपमा पक्राउ परेका डा. निकोलस भुसाल (कमल)लाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको छ।

सोमबार न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले भुसालले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा उक्त आदेश जारी गरेको हो। सर्वोच्चले प्रहरीलाई धरौट लिन वा साधारण तारिखमा रिहा गर्ने अधिकार पनि दिएको छ।

डा. भुसाललाई मंगलबार (कात्तिक १८) दिउँसो गोरखाको गोरखा नगरपालिका–८, रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार