उपत्यकामा भोलि पनि निषेधाज्ञा र कर्फ्यू लागू हुने

विहीबार, २६ भदौ २०८२

काठमाडौं : नेपाली सेनाले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि (भदौ २७) पनि निषेधाज्ञा र कर्फ्यू आदेश जारी हुने जनाएको छ।

जंगीअड्डाबाट जारी विज्ञप्ति अनुसार बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ। त्यस्तै, साँझ ७ बजेदेखि रातभर कर्फ्यू जारी रहनेछ।

सेनाले बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि आवतजावत गर्न सकिने स्पष्ट पारेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार