इटहरी : जेनजी आन्दोलनको उथलपुथलबाट इटहरी झस्किएको आज ठिक दुई महिना पूरा भएको छ।
गत भदौ २४ गतेको आन्दोलनका क्रममा ध्वस्त पारिएका इटहरी उपमहानगरपालिकाका संरचना, सवारीसाधन र सडकछेउका सम्पूर्ण अवशेष अझै पनि सफाइको प्रतीक्षामा छन्।
उपमहानगर प्रवेश गर्नासाथै ध्वस्त सवारीसाधन र छरिएका फोहोरका थुप्राहरू सहजै देखिन्छन्। यी भग्नावशेष र फोहोरले इटहरीको सौन्दर्यलाई निस्तेज बनाएको स्थानीयवासीको गुनासो छ।
उपमहानगरपालिकाका सम्पूर्ण क्षतिग्रस्त सामग्रीको सर्जमिन मुचुल्का तयार भइसकेको छ । उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीले घटनास्थल निरीक्षणसमेत गरिसकेका छन् । तर पनि आन्दोलनपछिको व्यवस्थापनमा स्थानीय सरकार सुस्त देखिएको छ ।
दुई महिनापछि पनि नगरकै मुटुमा छरिएका फोहोर र कवाडहरूले इटहरीलाई गिज्याइरहेका छन् । आन्दोलनको पीडा त बिर्सिँदै छ, तर त्यसले छोडेको दाग अझै मेटिएको छैन ।


_ppLcBYWEQf.jpg)
_I5u6s7yHX2.jpg)
_xbQYfjnyXh.jpg)
_cmowjk1RkG.jpg)
_VrpR6QHzk5.jpg)
_AMHyZWyssS.jpg)
_C1gXDt9Ovk.jpg)
_UV7WTwzF10.jpg)
_EkZLirKJVA.jpg)

_hNY1d32S8E.jpg)
_NPEP0Uv1QX.jpg)
_2PVRpNOfAJ.jpg)
_l7aoDYocTj.jpg)
_imAYEDndHE.jpg)
_iXjznS2I2v.jpg)
_0W2ihz7POP.jpg)
_eqqzxNX8k5.jpg)
_gm8TYU9dlk.jpg)

_0LwU9ACtGd.jpg)

प्रतिक्रिया