काठमाडौं : नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनको घटनाबाट भएको क्षतिपछि बीमा दाबी भुक्तानी छिटो र सहज गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।
प्राधिकरणले बिहीबार जारी गरेको निर्देशनमा देशको परिस्थिति असहज भएकाले बिमित सम्पत्तिमा परेको क्षतिपछि दाबी भुक्तानी प्रक्रिया ढिला नगरी तुरुन्त अघि बढाउन भनिएको छ।
प्राधिकरणले निर्जीवन बीमा कम्पनी तथा लघु बीमा कम्पनीलाई सम्पत्ति, सवारीसाधन, इन्जिनियरिङ, ठेक्का, हवाई, कृषि बाली, पशुपन्छी लगायत शीर्षकमा दर्ता भएका दाबी तत्काल भुक्तानी गर्न निर्देशन दिएको छ। साथै, कुन–कुन शीर्षकमा कति दाबी आएको हो भन्ने विवरण पनि समयमा पेश गर्न भनिएको छ।
प्रतिक्रिया