भागेका कैदीबन्दीलाई तुरुन्त सम्पर्कमा आउन कारागार विभागको सूचना

विहीबार, २६ भदौ २०८२

काठमाडौं : कारागार व्यवस्थापन विभागले हालैको जेनजी आन्दोलनका क्रममा देशभरका कारागार कार्यालय र बालसुधार गृहबाट भागेका कैदीबन्दी तथा बालबन्दीलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ।

विभागले बिहीबार सार्वजनिक गरेको सूचनामा स्वेच्छाले नफर्किने कैदीबन्दी र बालबन्दीविरुद्ध कानूनी कारबाही हुने चेतावनी दिइएको छ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानले जारी गरेको सूचनामा भनिएको छ, “भागेका कैदीबन्दी वा बालबन्दी कुनै अन्य जिल्लामा सम्पर्कमा आएका, पक्राउ परेका वा फेला परेका अवस्थामा सम्बन्धित कारागारमा पठाउन नसके तत्काल नजिकैको कारागारमा बुझेर राख्न व्यवस्था मिलाउन।”

यस्तै, स्थिति सामान्य भएपछि सम्बन्धित कारागारसँग समन्वय गरी स्थानान्तरण गर्ने व्यवस्था मिलाइने पनि सूचनामा उल्लेख छ। कारागार नभएका जिल्लाबाट फेला परेका कैदीबन्दीलाई नजिकैको जिल्लामा पठाउन निर्देशन दिइएको छ।

विभागले भागेका कैदीबन्दी वा बालबन्दीको पहिचानमा समस्या आएमा सम्बन्धित कारागार कार्यालयसँग सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार