काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरू नेकपा एमालेमा समाहित भएका छन् ।
एमालेबाट ०७८ भदौ २ गते विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी नेकपा (माओवादी)सहितका १० घटकसँग मिसिन गएपछि केही असन्तुष्ट नेताहरू एमालेमै फर्किएका हुन् ।
अहिले कार्यक्रम जारी छ। आज ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ मात्रै हुने कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए। उनीहरुसँगै केन्द्रीय सदस्यहरू गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङ्तान, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई लगायत पनि एमालेमा समाहित भएका छन् ।
त्यस्तै अन्य पार्टी सदस्यहरू केदार प्रसाद गौतम, डा. सावित्रिदेवी न्यौपाने, उत्तमदेवी श्रेष्ठ, केशव सापकोटा, शत्रुजङ्ग बस्नेत, सोमित राई, मणि दाहाल, विशाल क्षेत्री, उपेन्द्र थापा, जीवन मगर, सन्जिव भण्डारी, नरबहादुर श्रेष्ठ, बुद्ध श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, सोमबहादुर श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, होमनाथ श्रेष्ठ, सरु मिश्र उप्रेति, सन्तोष कुसवाह, तेजप्रसाद नेपाल, हरिप्रसाद नेपाल, दावा शेर्पा, शमशेर शाक्य, प्रविण घर्तीमगर लगायत छन् ।
प्रतिक्रिया