इजरायलमा दीपक बज्राचार्य र सुनिता कटुवालको सांगीतिक साँझ हुँदै

शुक्रबार, ०७ कार्तिक २०८२

तेलअविव : इजरायलमा बसोबास गर्ने नेपाली समुदायबिच सहयोग, एकता र सकारात्मक सन्देश फैलाउने उद्देश्यले ‘सहृदयता अन्तर्राष्ट्रिय इजरायल’ले आगामी नोभेम्बर १४ (कात्तिक २८) मा विशेष साङ्गीतिक कन्सर्ट आयोजना गर्ने भएको छ।

यो वर्षको कन्सर्ट संस्था स्थापनाको सातौँ वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको हो।

कार्यक्रममा नेपाली सङ्गीतका लोकप्रिय गायक दीपक बज्राचार्य एण्ड द रिदम ब्यान्ड र चर्चित लोक तथा आधुनिक गायिका सुनिता कटुवालले आकर्षक प्रस्तुति दिने भएका छन्।

आयोजकले कन्सर्ट केवल मनोरञ्जनका लागि नभई इजरायलमा रहेका नेपालीबिच आपसी एकता, सहयोग र मातृभूमिप्रतिको माया जगाउने माध्यमका रूपमा आयोजना गरिएको बताएका छन्।

सहृदयता अन्तर्राष्ट्रियले विगत सात वर्षयता इजरायलमा विभिन्न सामाजिक, सांस्कृतिक र मानवीय गतिविधिहरू गर्दै आएको छ।

यस वर्षको वार्षिकोत्सवमा पनि नेपाली कलाकारहरूको उपस्थितिले इजरायलमा बसोबास गर्ने नेपाली समुदायबिच देशप्रेम र आत्मीयता अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रम सफल र अनुशासित बनाउन आयोजकले इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई सहभागिताको लागि आह्वान गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार