भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका ५ मा ट्याक्टर आफैं अनियन्त्रित भएर सडकबाट १५० मिटर तल खस्दा ट्याक्टर चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मंगलबारको यो दुर्घटनामा स्थानीय बासिन्दा रहेका चालक १८ वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
ट्याक्टरमा सवार उनका भाइ भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post