इटहरी । सुनसरीको बर्जु गाउँपालिका–२ मा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
को७प ५६५ नम्बरको मोटरसाइकलको पछाडि सवार बर्जु गाउँपालिका–३ की ३६ वर्षीया चन्द्रकलादेवी लडेर घाइते भएकी थिइन् ।
घाइते उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो ।
त्यहीँ उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक उनका श्रीमान ४१ वर्षीय शैलेन्द्र रायलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
Discussion about this post