भारत पाकिस्तान लडाइमा ४४ जनाको मृत्यु

विहीबार, २५ बैशाख २०८२

इस्लामवाद : भारतको सिन्दूर अप्रेसनमा परी दुवैतर्फ गरी ४४ जनाको मृत्यु भएको छ। 

पन्जाब प्रान्त र पाकिस्तान प्रशासित कश्मीरमा कम्तीमा ३१ जना पाकिस्तानी तथा भारतले पनि पाकिस्तानबाट भएको सीमा पार आक्रमणमा एक सैनिक सहित १३ जनाको ज्यान गएको जनाएको छ । 

भारतले अप्रिल ७ को रातमा गरेको अचानक आक्रमण पछि दर्जनौँ पाकिस्तानी घाइते भएका छन् । पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले भने, ‘हामी हाम्रा निर्दोष सहिदहरूको रगतको बदला लिने छौँ।’

पाकिस्तानी सांसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री शहबाज सरिफले भारतको आक्रमणमा पाकिस्तानको सेनाले पाँच वटा भारतीय लडाकु विमान खसालेको दाबी गरेका छन् ।

994513-01-02-0852025024306994644-01-02-0852025024301-1000x0

 पाकिस्तानले मस्जिद र सर्वसाधारणलाई आक्रमण गरेको भन्दै अन्तर्राष्ट्रिय जगतलाई जानकारी दिएको छ। पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले देशको सशस्त्र बललाई भारतको आक्रमणको जवाफ दिन अधिकार दिइसकिएको छ ।

उसले आफ्नो रोजाइको समय, स्थान र तरिकामा जवाफ दिने अधिकार पाकिस्तान सशस्त्र बलसँग सुरक्षित रहेको समेत बताएका छ ।

पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले इस्लामाबादले भारतसँग चौतर्फी युद्धबाट बच्न खोजिरहेको तर त्यसका लागि तयार रहनुपर्ने बताएका छन् ।

उता, भारतले आफ्नो हमलाले ‘आतङ्कवादी’ तालिम स्थलहरूमा आक्रमण गरेको दाबी गरेको छ ।साथै, बेलायत, फ्रान्स, जर्मनी, इरान, टर्की, कतार र युएईलगायत विश्व शक्तिहरूले दुवै आणविक शक्ति सम्पन्न राष्ट्रहरूलाई संयम देखाउन र कूटनीतिमा फर्कन आग्रह गरेका छन्।

इरानले शान्ति वार्ताको लागि मध्यस्थता गर्ने प्रस्ताव राखेको छ र इरानका विदेश मन्त्री अब्बास अराघचीले गत दिन भारत र पाकिस्तान दुवैसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।

भारत र पाकिस्तान प्रशासित कश्मीरलाई विभाजन गर्ने लाइन अफ कन्ट्रोलमा तोप खानाको गोलाबारीको भारी आदानप्रदान भएको रिपोर्ट गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार