भारत–पाकिस्तानबीच युद्धविराम

शनिबार, २७ बैशाख २०८२

काठमाडौं : भारत र पाकिस्तानबीच पछिल्लो समय चुलिएको तनावका बीच दुवै मुलुकले आज (शनिबार) साँझ ५ बजेदेखि लागू हुनेगरी सैनिक गतिविधि रोक्ने सहमति गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सहमति भएको घोषणा गरेका हुन्।

ट्रम्पले शनिबार सामाजिक संजाल एक्समा पोस्ट गर्दै भनेका छन्, ‘संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभर चलेको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन्। विवेक र सूझबूझ प्रयोग गरेकोमा दुवै देशलाई बधाई छ।।’

भारतको पहलगाममा अप्रिल २२ मा भएको आतंकी आक्रमणपछि दुई देशबीचको सम्बन्ध एकाएक तिक्त बनेको थियो।

त्यसको जवाफस्वरूप भारतले पाकिस्तानभित्रका आतंकी शिविरहरूमाथि हवाई आक्रमण गर्‍यो, जसपछि पाकिस्तानले पनि भारतका सैन्य र नागरिक संरचनामाथि ड्रोन र मिसाइलमार्फत आक्रमण सुरु गर्‍यो।

युद्धको अवस्था निम्त्याउनेगरी बढिरहेको यो तनाव अन्ततः अमेरिकी पहलमा थामिएको देखिएको छ।

शनिबार साँझदेखि लागु हुनेगरी हुने उक्त युद्धविरामको कार्यान्वयन कत्तिको प्रभावकारी हुन्छ भन्नेप्रति क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायको चासो रहनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार