कपिलवस्तुमा तीव्र गतिमा आएको कारले ठक्कर दिँदा दुई महिलाको मृत्यु

शुक्रबार, ०२ जेठ २०८२

बुटवल : कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा आज बिहान तीव्र गतिमा आएको कारले ठक्कर दिँदा दुई महिलाको मृत्यु भएको छ।

शुक्रबार बिहान करिब पौने ६ बजे बीएबी ९५९९ नम्बरको कारले सडकमा हिँडिरहेका दुई वृद्ध महिलालाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार घटनास्थलमै मृत्यु हुनेमा स्थानीय ६० वर्षीया शान्ता खत्री र सोही उमेरकी तिलकुमारी रायमाझी रहेका छन्।

डीएसपी मोहनमणि अधिकारीले दुर्घटना पत्थरकोट–गोरुसिंगे सडकखण्डमा भएको बताए।

उनका अनुसार कारको ठक्करपछि दुबै महिला गम्भीर रूपमा घाइते भई तौलिहवा अस्पताल ल्याइएका थिए, तर अस्पतालले उनलाई मृत घोषित गर्‍यो।

दुर्घटनापछि कार सडक किनारमा पुगेको थियो भने चालक ३५ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार अत्यधिक गतिको कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार