डाइभर्सन बाढीले बगाएपछि तमोर कोरिडोर अवरुद्ध

शुक्रबार, ०२ जेठ २०८२

पाँचथर : तमोर करिडोरको पाँचथर–ताप्लेजुङ सडक खण्ड पुनः अवरुद्ध भएको छ। 

बेलिब्रिज बगाएपछि वैकल्पिक रुपमा राखिएका ह्युम पाइपहरू शुक्रबार विहान आएको बाढीले बगाएपछि सडक सञ्चालनमा समस्या उत्पन्न भएको हो।

फिदिम र हिलिहाङ गाउँपालिकाको सिमानामा पर्ने हेवां खोलामा गरिएको डाइभर्सनका लागि राखिएका ह्युम पाइपहरू बाढीले बगाएपछि यातायात ठप्प भएको स्थानीय राम माझीले जानकारी दिए । 

अहिले धरानबाट ताप्लेजुङतर्फ जाने तथा ताप्लेजुङबाट धरानतर्फ आउने सवारी साधनहरूलाई लामो घुमाउरो बाटो हुँदै यात्रा गर्नुपर्ने स्थिति आएको छ।

बेलिब्रिज बगाएपछि २०८१ असोज १२ गते ह्युम पाइप राखेर पानी कटाउँदै यातायात सुचारु गरिएको थियो। तर, हाल पुनः समस्या दोहोरिएको छ।

तमोर करिडोर आयोजनाका प्रमुख प्रदिप निरौलाका अनुसार बगाएका ह्युम पाइपहरू स्कावेटरको सहयोगमा तानेर मर्मत गरी यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। 'निर्माण कम्पनीसँग समन्वय गरेर मनसुन सकृय नहुँदासम्म सोही डाइभर्सनमार्फत यातायात सुचारु गर्ने पहल गरिरहेका छौं', निरौलाले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार