इटहरीमा ट्रान्समिटर चोरीको प्रयास

शुक्रबार, ०२ जेठ २०८२

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बिसनपुरस्थित झुम्का सबस्टेशनमा विद्युत् आपूर्ति गर्ने ट्रान्समिटर चोरी गर्ने प्रयास भएको छ।

हिजो (बिहीबार) राति अज्ञात समूहले सबस्टेशनमा जडान गरिएको ट्रान्समिटर खोलेर झारेको अवस्थामा फेला परेको हो।

स्थानीय बासिन्दाले शुक्रवार बिहान करिब ६ बजे ट्रान्समिटर चोरी प्रयास भएको सूचना पकली प्रहरी चौकीमा दिएका थिए। 

उक्त सूचनाका आधारमा प्रहरी निरीक्षक प्रेम परियारको कमाण्डमा सादा पोसाकका प्रहरीसहितको टोली तत्काल घटनास्थलतर्फ परिचालित भएको थियो।

झुम्का सबस्टेशन पकली प्रहरी चौकीबाट करिब चार किलोमिटर पूर्वमा पर्छ। घटनापछि विद्युत् आपूर्तिमा समस्या नहोस् भनेर सम्बन्धित कार्यालयलाई तत्काल जानकारी गराइएको र ट्रान्समिटर पुनः जडानको प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ।

हाल चोरी प्रयासका सम्बन्धमा थप अनुसन्धान जारी रहेको र संलग्न समूहको पहिचानका लागि प्रयास भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नवीन दहाल
लेखकको बारेमा
नवीन दहाल

सम्बन्धित समाचार