पहिरोले लग्यो दम्पतीको ज्यान

मंगलबार, ३१ असार २०८२

अर्घाखाँची : अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–१०, धनचौर तल्लोपाकुमा पहिरोले पुरिएर एक दम्पतीको ज्यान गएको छ।

मंगलबार बिहान करिब ९ बजेतिर घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी पत्नी श्यामकला बुढामगर सुक्खा पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले जानकारी दिए।

बुढामगर दम्पती रोजा तुसारेपानीस्थित आफ्नै खर्यानतर्फ गएका थिए। तर समयमै घर नफर्किएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि स्थानीयवासीको सहयोगमा खोजतलास गर्दा सुक्खा पहिरोले पुरिएको अवस्थामा उनीहरू फेला परेको डिएसपी मल्लले बताए।

घटनास्थलमै पहिरोबाट आएका ढुङ्गाले लागेर शरीरका विभिन्न भागमा गम्भीर चोट लाग्दा दुवैजनाको ज्यान गएको सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माले पुष्टि गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार