आफ्नो मुद्धामा आफैं न्यायधिश हुन खोजेको भन्दै इटहरी उपमहानगर विरुद्ध इन्जिनियर

आइतबार, ०३ बैशाख २०८०
इटहरी । इटहरी उपमहानगरपालिकाले आफै घर नक्सा बनाउने निर्णय विरुद्ध इन्जिनियर्स एसोशिएसनले विरोध जनाएको छ । प्रेस विज्ञप्ती जारी गर्दै केन्द्रिय कार्यालयले तत्काल निर्णय र्फिता लिन माग गरेको हो । उपमहानगरको १२९ औं कार्यपालिका बैठकले इटहरी भित्र नयाँ घर बनाउने स्थानीयको आफैं नक्सा पास गरिदिने निर्णय गरेको थियो । तर मापदण्डमा आफ्नो कार्यक्रम बाहेक कुनै संरचना आफैं बनाएर आफै पास गर्न पाउने ब्यबस्था नभएको भन्दै उक्त निर्णय र्फिता लिन माग गरेको छ । विज्ञप्तीमा भनिएको छ ‘लोककल्याणकारी राज्यमा सुशासन कायम गर्ने्, सेवा प्रवाहलाई छिटो, छरितो र जनमैत्री बनाउने तथा गुणस्तरीय कार्य सम्पादनका लागि अनुगमन गर्ने जस्ता राज्यको दायित्व र नीतिका विपरित व्यवसाय संचालन गरी आम्दानी तथा नाफा आर्जन गर्ने किसिमले इटहरी उपमहानगरको निर्णय अपरिपक्व र अनौठो रहेको छ । शहरी विकास तथा भवन निर्माण मापदण्ड २०७५ मा स्थानीय तहले आफ्नै कार्यक्रम बाहेक अन्य निर्माण रुपमा संलग्न हुन नपाउने व्यबस्था भएकोमा त्यसको बखिस्ताप हुने गरी उपमहानगरपालिकाल आफैंले सहुलियत दरमा घरनक्सा बनाउने र प्रमाणित पनि आफैं गर्ने निर्णय आफ्नो मुद्धामा आफैं न्यायधिश भए जस्तो प्राकृतिक न्यायको सिद्धान्त विपरित हुने भएको हुँदा यो निर्णयले आगामी दिनमा नगरको आर्थिक पारदर्शिता र सेवा प्रवाहमा समेत ढिला सुस्ती हुन गई कार्यसम्पादनमा कमजोरी देखिने हुन्छ ।’ साथै एशोसिएनले उक्त निर्णयलाई सच्याउन माग गरेको छ । एशोसिएसनका केन्द्रिय अध्यक्ष इन्जिनियर डाक्टर हरि बहादुर दर्लामीले लोकतान्त्रिक अभ्यास अन्तर्गत विद्यमान प्रतिष्पर्धात्मक बजारमा व्यवसाय प्रर्वदनका लागि पनि सेवाग्राहीले आफुँले चाहेको स्वतन्त्र इजाजत प्राप्त संस्थाबाट काम गर्न पाउने अधिकारलाईं कुन्ठित नगर्न आग्रह गरे । उनले आफै धामी आफै विरामी जस्तो उखानलाई साबित नगर्न समेत उनले इटहरी उवमहानगरलाई अनुरोध गरे । उपमहानगरको निर्णय विरुद्ध केन्द्रिय कार्यालय मात्रै हैन कोशी प्रदेश एशोसिएसन तथा इटहरी उपमहानगर इन्जिनियर्स संघले समेत विरोध जनाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार