हुम्ला : हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा गएको सुक्खा पहिरोका कारण जोखिममा परेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
पहिरो तिलगाउँको उत्तरपट्टिबाट खसेको थियो र यसले सो क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाको घरमा क्षति पुर्याएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
घटनापछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट हिल्साको टोली आवश्यक उद्धार तथा राहत सामाग्रीसहित घटनास्थलमा परिचालित गरिएको छ।
पीडितहरूलाई अस्थायी आवासमा स्थानान्तरण गरिएको छ भने तत्कालिन राहत तथा बन्दोबस्ती सामग्री वितरणको तयारी भइरहेको छ।
पहिरोको कारणबारे यथार्थ विवरण आउन बाँकी भए पनि पानीसहितको लेदो बगेकाले माथिल्लो भागमा हिमताल रहेको आशंका गरिएको छ। सो सम्भावित हिमतालको अवस्था अवलोकन गर्न सम्बन्धित निकायले अध्ययन गरिरहेको बताइएको छ।
प्रतिक्रिया