झापा : झापाको बाह्रदशीमा भारतीय नम्बर प्लेटको मोटरसाइकल र नेपाली नम्बरको स्कुटर आपसमा ठोक्किँदा भएको दुर्घटनामा घाइते भएकी कचनकवल–३ की ३० वर्षीया उर्मिला राजवंशीको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
यसअघि असार २६ गते सोही दुर्घटनामा परेका उर्मिलाका ७ वर्षीय छोरा आयुष राजवंशीको समेत उपचारका क्रममा मृत्यु भएको थियो।
दुर्घटना बाह्रदशी गाउँपालिका–२ स्थित कालाबन क्षेत्रमा भएको थियो। घटनामा संलग्न भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवारको पनि घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल स्कुटरसँग ठोक्किँदा दुबै सवारी साधन सडकबाट छेउमा पल्टिएका थिए।
प्रतिक्रिया