इलामः वैदेशिक रोजगारीका लागि युएई पुगेका सूर्योदय नगरपालिका–७ गोगनेका ३५ वर्षीय लेखनाथ खतिवडाको उपचारका क्रममा निधन भएको छ ।
गएको जेठ ५ गते विदेश पुगेका खतिवडा त्यहाँस्थित मिडल इस्टको एफजेठ मास्ट इन्जिनियरिङ कम्पनीमा कार्यरत थिए । उनी असार ८ गतेदेखि शिकिस्त बिरामी परेका थिए ।
सुरुमा सेतो रक्त कोषको कमी देखिएपछि अस्पताल भर्ना गरिएका उनलाई पछि निमोनिया समेत देखिएको र अवस्था गम्भीर बन्दै गएपछि आइसियुमा राखेर उपचार गरिएको थियो । अन्ततः असार २८ गते उपचारकै क्रममा निधन भएको परिवारका लिलाधर खतिवडाले जानकारी दिए ।
उनको उपचारमा लाग्ने खर्च अत्यधिक भएकाले परिवारले आर्थिक सहयोगका लागि अपिल गरे । “लाखौँ सहयोग सङ्कलन गरियो। अन्ततः लेखनाथलाई बचाउन सकिएन ।“ लिलाधरले भने ।
दुवैको एआई रोसिड अस्पतालमा गएको असार २८ गते निधन भएका खतिवडाको आज स्थानीय शुद्धि खोला (मालुम जाने बाटो) मा दाहसंस्कार गरिएको परिवारले जानकारी दिएको छ ।
प्रतिक्रिया