काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सदस्यता नरहनेगरी सुमना श्रेष्ठले राजीनामा दिएको भए पनि उनको नाम केन्द्रीय समितिबाट अझै हटाएको छैन।
भदौ २९ गते सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै श्रष्ठले पार्टी छाडेको घोषणा गरेकी थिइन्। उनले पार्टी छाडेको चार दिन भइसकेको छ।
तर रास्वपाको वेबसाइटमा श्रेष्ठको नाम केन्द्रीय सदस्यकै रुपमा कायम रहेको छ।
प्रतिक्रिया