सिन्धुली : जेनजी आन्दोलनमा सिन्धुलीका तीनजनाले ज्यान गुमाएका छन । भ्रष्टाचार विरुद्ध भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा जिल्लाका तीन जनाले ज्यान गुमाएका हुन । यस्तै तीन जना घाइते भएका छन ।
आन्दोलनका क्रममा मृत्यु हुनेमा एकजना सुरक्षाकर्मी र दुई जना जेनजी युवा रहेका छन । काठमान्डौंको बानेश्वरमा भदौ २३ गते भएको आन्दोलनका क्रममा गोली लागेर गोलन्जोर गाउँपालिका वडा नं. १ का रोशन न्यौपानेको प्रहरीको गोली लागेर मृत्यु भएको छ ।
यस्तै, तिनपाटन गाउँपालिका वडा नं. ६ का दिपेश सुनुवार भदौ २३ को प्रदर्शनपछि बेपत्ता भएका थिए । परिवारको खोजतलासपछि उनलाई छातीमा गोली लागेर मृत्यु भएको अवस्थामा फेला पारिएको छ । उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको पुष्टि भएको छ ।
दुधौली नगरपालिका–८ का प्रहरी सहायक निरीक्षक मिलन रायको आन्दोलनकै क्रममा आन्दोलनकारीको कुटपिटबाट मृत्यु भएको छ । उनलाई काठमान्डौका डिएपी भन्दै कुटपिट गरेका थिए । प्रहरी वृत्त महाराजगन्जमा आगजनीपछि उनलाई कुटपिट गर्दा उनी घाइते भई ज्यान गुमाएका थिए । राय अपराध अनुसन्धान शाखामा कार्यरत थिए ।
यस्तै आन्दोलनका क्रममा गोलन्जोर गाउँपालिका वडा नं.३ का नवीन तामाङ, गोलन्जोर गाउँपालिका वडा नं. १ का तिलक मगर र सिन्धुलीका मदन कार्की घाइते भएको खुलेको छ ।
आन्दोलनका क्रममा मृत्यु हुनेको सङ्ख्या हालसम्म ७२ पुगेको छ । तीमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन् ।
प्रतिक्रिया