इटहरी : इटहरीकी समाजसेवी तथा निःसहाय बालबालिका सेवा आश्रमकी संस्थापक गिता गौतम र नृत्य निर्देशक तुलसी घिमिरे भारतको छत्तीसगढमा आयोजित कार्यक्रममा सम्मानित भएका छन् ।
मानव अधिकार तथा अपराध नियन्त्रण ब्यूरो छत्तीसगढले आयोजना गरेको कार्यक्रममा गौतमलाई ‘नारी रत्न अवार्ड’ प्रदान गरिएको हो । यस्तै, इटहरीका नृत्य निर्देशक तुलसी घिमिरेलाई ‘छत्तीसगढ कला रत्न अवार्ड’ बाट सम्मान गरिएको छ ।
कार्यक्रममा घिमिरेद्वारा निर्देशित नेपाली सांस्कृतिक नृत्यहरू – पूर्वेली मारुनी, पश्चिमेली कौडा र राष्ट्रिय गीतमा आधारित प्रस्तुतीहरू भारतीय दर्शकद्वारा अत्यधिक प्रशंसा गरिएको थियो ।
सोही अवसरमा आश्रमका अध्यक्ष राजेन्द्र श्रेष्ठ पनि सम्मानित भएका छन् । शैक्षिक तथा सामाजिक क्षेत्रमा सक्रिय श्रेष्ठले निर्माण गरेका नेपाली चलचित्र ’धुन’, ’त्रिपासा’ र ’मनै त हो’ नेपाली दर्शकमाझ लोकप्रिय रहेका छन् ।
यसअघि पनि गौतम दक्षिण एसियाली मण्डला ह्युमन राइट्स र अन्य अन्तर्राष्ट्रिय संस्थाबाट विभिन्न अवार्डहरू प्राप्त गरिसकेकी छिन् । गौतमले प्रदेश खबरले आयोजना गरेको कोशी एक्सिलेन्स अवार्ड २०८१ को समाजिक विधाको अवार्ड प्राप्त गरेकी हुन् ।
प्रतिक्रिया