सुनसरीमा जंगली हात्तीको आक्रमण :६८ वर्षीया महिला गम्भीर घाइते

शुक्रबार, ०९ जेठ २०८२
फाइल तस्बिर

बराहक्षेत्र : सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–३ नडाहामा जंगली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्।

बिहीबार दिउँसो १:५० बजे कालीन्जोर सामुदायिक वनमा घाँस काट्ने क्रममा अचानक आएको हात्तीले आक्रमण गर्दा ६८ वर्षीया डम्मर माया लिम्बुको ढाडमा चोट लागेको हो।

घटनापछि उनलाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (घोपामा) लगिएको छ। अस्पताल स्रोतका अनुसार लिम्बुलाई आईसीयूमा राखेर उपचार भइरहेको छ र हाल उनको अवस्था मध्यम रहेको बताइएको छ।

हात्ती आक्रमणपछि पुनः जंगलतर्फ फर्किएको प्रत्यक्षदर्शीहरूले जनाएका छन्। घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी नडाहाबाट जिवनाथ भट्टको कमान्डमा प्रहरी टोली खटिएको थियो। उक्त घटना स्थल प्रहरी चौकीबाट करिब १ किलोमिटर पश्चिम पर्छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार