तरहरा (सुनसरी) : सुनसरीको इटहरी उपमहानगरपालिका–२० पानीपियाँ जंगलस्थित कोशी लोकमार्गमा स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
बिहिबार दिउँसो करिब ३:४५ बजे इटहरीबाट धरानतर्फ जाँदै गरेको प्र १–०२–०४६ प ४४९५ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा धरान–१८ निवासी ६५ वर्षीय चालक प्रजित मुखियाको गालामा चोट लागेको र उनी सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ।
स्कुटरको पछाडि सवार ऐतेबार–११ बस्ने ६२ वर्षीया देविका मुखियाको बायाँ गाला र अनुहारमा चोट लागेको छ।
घाइते दुबैजनालाई तत्कालै उपचारका लागि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। हाल उनीहरूको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पताल स्रोतले जनाएको छ।
दुर्घटनापछि स्कुटर प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया