विराटनगरमा स्कुटर दुर्घटना : चालकको मृत्यु

आइतबार, ०४ जेठ २०८२

विराटनगर : कोशी लोक मार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ नेपाल आयल निगमको कार्यालयनजिक शनिवार मध्यरात स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले खारजीबाट कञ्चनबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–०५० प ९७९६ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको बताए ।

उनका अनुसार स्कुटर दुर्घटना हुँदा चालक विराटनगर–६ का अन्दाजी ५५ वर्षीय मोहम्मद अब्दुल कलामको मृत्यु भएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका कलामलाई उपचारका क्रममा नोबेल शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

स्कुटर नियन्त्रणमा लिएर प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ । तीव्र गतिका कारण स्कुटर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार