अदालतले दोषी ठहर गरेको ७ वर्षपछि सुनसरीबाट लागुऔषध मुद्दाका प्रतिवादी पक्राउ

शुक्रबार, ०९ जेठ २०८२

सुनसरी : अदालतले दोषी ठहर गरेको ७ वर्षपछि लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ । 

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार बराहक्षेत्र नगरपालिका–६ घर भई बराहक्षेत्र–२ बयरवनमा बस्दै आएका ४८ वर्षीय शम्भु मण्डललाई बिहीबार साँझ पक्राउ गरिएको हो ।

आफ्नै घर ठेगानाबाट पक्राउ परेका मण्डलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखिएको छ । 

प्रहरीका अनुसार लागुऔषध मुद्दामा उनलाई जिल्ला अदालत सुनसरीले २०७५ पुस २९ गते दोषी ठहर गर्दै २ वर्ष १० महिना १५ दिन कैद सजाय हुने फैसला सुनाएको थियो ।

अदालतले दोषी ठहर गरे सजाय भुक्तान नगरीकन मण्डल लामो समयदेखि फरार रहेका मण्डल बल्ला पक्राउ परेका हुन् । 

प्रहरीले उनलाई शुक्रवार अदालतमा बुझाउने छ । प्रहरीले पेस गरेपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गर्ने बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार