धनुषा पुगेर गृहमन्त्रीले भने,‘गलत गरेको दिन राजनीतिबाट अलग हुन्छु’

शनिबार, १० जेठ २०८२

जनकपुरधाम : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत विदेश जाने भिजिट भिसाधारी युवाहरूबाट अवैध रकम असुली भएको आरोपमा गृह मन्त्रालयका केही कर्मचारी संलग्न भएको चर्चा चलिरहँदा मन्त्रालयले उक्त आरोपप्रति खण्डन गर्दै औपचारिक विज्ञप्ति जारी गर्ने तयारी गरेको छ ।

शनिबार धनुषाको पार्टी कार्यालयमा कार्यकर्तासँगको छलफलमा गृहमन्त्री रमेश लेखकले आफू केही दिन चुप रहनुको कारण घटनाबारे तथ्य बुझ्न समय लिनु भएको बताउँदै मन्त्रालय आजै उक्त विषयमा स्पष्टिकरण दिने विज्ञप्ति जारी गर्ने जानकारी दिएका हुन् ।

उनले उठेको प्रकरणले आफ्नो पार्टी र छवि बदनाम गर्ने गरी अफवाह फैलाउने प्रयास भएको संकेत गर्दै थपे, “म जीवनभर पार्टीको टाउको निहुराउने कुनै कार्यमा संलग्न भइको छैन । जुन दिन म गलत काममा संलग्न हुन्छु, त्यो दिनदेखि राजनीतिबाट अलग हुनेछु।”

यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा देखिएको अवैध रकम असुली प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार