कोशीको नीति तथा कार्यक्रम बहुमतले पारित

आइतबार, ११ जेठ २०८२

विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ ।

प्रदेशसभाको आइतबारको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी को नीति तथा कार्यक्रम पारितका लागि प्रस्ताव पेस गरेका थिए । सभामुख अम्बरबहादुर विष्टले ध्वनि मतका आधारमा बहुमतले प्रदेशको नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे ।

नीति तथा कार्यक्रम पारित गर्नुअघि प्रदेश सांसदले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री कार्कीले जवाफ दिएका थिए । उनले प्रदेश सरकारले दीर्घकालीन हितलाई समेटेर नीति तथा कार्यक्रम तयार गरेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार