इलाम पुगेर शेखरले भने,'गृहमन्त्रीले सुरुमा नै राजीनामा दिएको भए विरोध हुँदैन थियो'

आइतबार, ११ जेठ २०८२

इलाम : नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले सुरुमा नै राजीनामा दिएको भए अहिलेको जस्तो व्यापक विरोध नहुने बताएका छन्। उनले मोरल पोलिटिक्स (नैतिक राजनीति) गर्ने नेताले छानबिनका लागि तत्परता देखाउँदै तुरुन्तै पदबाट हट्न डराउनु नहुने उल्लेख गरे।

इलाममा नेपाली काँग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै डा.कोइरालाले सामाजिक सञ्जालदेखि आम सर्वसाधारणसम्म गृहमन्त्री लेखकप्रति चर्को असन्तोष व्यक्त गरिरहेकाले समयमै राजीनामा दिनु नै उपयुक्त हुने धारणा व्यक्त गरे।

“राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्न सकिने हो भने त्यो गर्न डराउनु हुँदैन,” डा. कोइरालाले भने, “यसले नैतिक जिम्मेवारी देखाउँछ र जनताको विश्वास कायम राख्न सहयोग गर्छ।”

WhatsApp Image 2025-05-25 at 5.57.23 PM

उनले पछिल्लो समय जनतामा सुशासनप्रति व्यापक निराशा देखिएको उल्लेख गर्दै शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बनेका सबै सरकारहरू सुशासन दिन असफल भएको टिप्पणी गरे।

जनता विकास र सुशासन चाहन्छन्, तर कुनै पनि सरकारबाट त्यो अपेक्षा पूरा हुन सकेको छैन

उनले भने।

युवा पुस्ताले विगतमा राजतन्त्रको शासन अनुभव नगरेका कारण उनीहरूबीच राजतन्त्रप्रति आकर्षण बढेको कोइरालाको तर्क छ। उनले वर्तमान लोकतान्त्रिक शासन प्रणाली नै उत्कृष्ट भएको उल्लेख गर्दै ‘राजाको पछि लागेर समय बर्बाद नगर्न’ आग्रह गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार