अंशु यादव हत्याको विरोधमा जनकपुरमा प्रदर्शन

आइतबार, ११ जेठ २०८२

जनकपुर । जनकपुरधाममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक ९तेस्रो लिङ्गी र किन्नर०समुदायले विरोध प्रर्दशर्न गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध गर्नुका साथै धर्नासमेत दिएका छन् ।


गत चैत्र २ गत्ते होलीको दिन जनकपुरधामस्थित विन्धिमा चक्कु प्रहार गरी हत्या भएको अंशु यादवको हत्यामा संलग्नहरुलाई प्रशासनले पक्राउ नगरेको र पक्राउ गरेकाहरुलाई पनि धरौटिमा रिहा गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् । 


उनीहरुले एकमात्र छोराको हत्या भएपछि न्यायका लागि भौंतारिँदै हिँडेको अंशुको आमालाई न्याय दिनुको साटो प्रहरी प्रशासनले पक्राउ परेकाहरुलाई धरौटीमा छाडेर झन घाउमाथि नुन छर्केको आरोप लगाएका छन् । धरौटीमा छुटेकाहरुले अंशुको आमालाई धाकधम्की दिँदै आएको उनीहरुको आरोप छ ।


आन्दोलनकारीहरुले अंशुको हत्यामा संलग्न सबैजनालाई कानुनको दायरामा ल्याएर सजाय नदिए आफूहरु अनिश्चितकालिन धर्नामा बस्ने चेतावनी दिएका छन् । उनीहरुले आफूहरुको अगाडि पछाडि कोही नरहेको भन्दै अंशुको लागि मर्नु परे मर्न तयार रहेको बताएका छन् ।


उनीहरुले प्रहरी र राजनीतिक व्यक्तिहरुले पैसाको चलखेल गरेर अपराधी उम्काउन खोजेको आरोप लगाएका छन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार