विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण, नतिजा देखिनेगरी काम गर्ने

मंगलबार, १२ चैत्र २०८१
इटहरी : नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका शाक्यले मङ्गलवार साँझ प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । सरकारले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दै शाक्यले लोडसेडिङ हुन्छ भनेर भएको हल्ला निराधार भएको दाबी गरेका छन् । ‘केही मानिसहरूले लोडसेडिङ हुन्छ भन्ने हल्ला चलाएका छन् । त्यो निराधार हो । अब घरायसी ग्राहककहाँ लोडसेडिङ हुँदैन,’ उनले भने, ‘उद्योगमा लोडसेडिङ छ, त्यो पनि हटाउँछु ।’ शाक्यले अब विद्युत्को गुणस्तर वृद्धि हुनेमा विश्वास दिलाएका छन् । उनले डेडिकटेड र ट्रंकलाइन विवादको समाधान प्राविधिक रूपमा यसको निकाल्नुपर्ने समेत बताए । उनले अबको एक दुई हप्ताभित्रै नतिजा देखिनेगरी काम गर्ने पनि बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार