आरोपबाट बच्न कर्मचारीले गृहमन्त्रीमाथि दोष थुपारे : गुरुराज घिमिरे

आइतबार, ११ जेठ २०८२

 

संखुवासभा : नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सरकारी कर्मचारीहरूले आफूहरू दोषमुक्त हुन गृहमन्त्री रमेश लेखकमाथि दोष थुपारेको आरोप लगाएका छन्। आइतवार खाँदबारीमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले पछिल्लो समय सरकारमा रहेका कांग्रेसका मन्त्रीहरू अनावश्यक विवादमा तानिएको बताएका हुन्।

नेता घिमिरेले गृहमन्त्री लेखकको नाम जोडेर कांग्रेसलाई बदनाम गराउने प्रयास भइरहेको दाबी गरे। 

उनले हाल सरकारमा रहेका कुनैपनि मन्त्रीले जनताले प्रत्यक्ष महसुस गर्न सक्ने गरी काम गर्न नसकेको टिप्पणी गरे। साथै, कांग्रेस परम्परागत ढंगमा मात्र अघि बढिरहेको भन्दै सुधारको आवश्यकता रहेको संकेत पनि गरे।

घिमिरेले देशको ठूलो पार्टी कांग्रेस कम्युनिस्ट पार्टीको अधीनमा बसेको अवस्था दुःखद भएको उल्लेख गर्दै, सुसासन र संविधान संशोधन जस्ता विषयमा अगाडि बढ्न कांग्रेसले त्यो बाटो रोज्न बाध्य भएको स्पष्ट पारे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार