प्रतिनिधिसभा बैठक : 'गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ'

मंगलबार, १३ जेठ २०८२
फाइल तस्बिर

काठमाडौं :  ​ आजको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री  मुछिएको भन्दै राजीनामा मागेको हो। 

पार्टीका उपमहासचिव वर्षमान पुनले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने जिकिर गरे। उनले भने, 'उहाँले छानबीनका लागि मार्गप्रशस्त गर्नुपर्छ। उहाँको राजीनामा नदिएसम्म प्रतिपक्ष दलले संसद् चल्न दिइन्।'

मन्त्री लेखकले विशेष समय लिएर त्यस बारेमा प्रष्ट पार्ने बताइएको छ। यद्यपि विपक्षी दलहरूले भने मन्त्रीले राजीनामा दिनुपर्ने भन्दै संसद अवरोध गर्ने स्पष्ट पारेको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार